काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

429
shares

ai logo सारांश

  • - प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता
  • - भ्रमणका क्रममा उनले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले आज बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गरेका छन ।

सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गरेका थिए ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधान सेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच आज भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।

साथै यस भ्रमणका क्रममा उनले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले गोरखा सैनिक स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेको पनि निर्देशनालयले जनाएको छ ।