काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

299
shares

ai logo सारांश

  • - रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।