माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच व्यावसायिक सम्झौता
वि.सं.२०७९ फागुन २२ सोमवार १८:०७
shares

माछापुच्छ्रे बैंक लिमिटेडले लुलु एक्सचेन्ज बहरेनसँग व्यवसायिक सम्झौता गरेको छ ।
बहरेनमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ यो सम्झौता गरिएको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जका महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंक लिका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात् बहरेनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंक लिका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

























