गृहपृष्ठ नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना
नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना
एभरेष्ट बैंकले एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषबीच २५ लाखको ‘नेपाल प्रहरी-एभरेष्ट बैंक अक्षय कोष’को स्थापना गर्ने सम्बन्धको समझदारीपत्रमा बैंकले हस्ताक्षर गरेको हो । उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेका हुन् ।
नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर/सहिद एवं अशक्त, अवका प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततिलाई उत्प्रेरणास्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोष स्थापना गरिएको बैंकले जनाएको छ ।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर/सहिद एवं अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : १७:१३ बजे




















