गृहपृष्ठ रंगायो नयाँ चोली . . (तस्बिरहरु)
रंगायो नयाँ चोली . . (तस्बिरहरु)
आज काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा होली पर्व मनाइँदै छ । तराईका जिल्लामा यो पर्व भोलि मनाइन्छ । बिहानैदेखि आज होलीको रौनक छाएको छ । यस रौनकमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाहरुसम्म झुमेका छन् । विदेशी पर्यटकहरुलाई पनि होलीको रमझममा रमाएका छन् । आपसमा रङ दलेर सद्भावपूर्ण वातारवरणमा होली मनाउने क्रम जारी छ ।
होली लगायतका पर्वहरुमा गीतसंगीत र साहित्यसमेत जोेडिएर आउँछ । खासगरी यस्ता हरेक पर्वलाई नेपाली संगीतले रौनकता थपिदिन्छ । ३१ वर्षअघि निर्माण गरिएको नेपाली चलचित्र ‘अधिकार’का लागि किरण खरेलले लेखेको र शम्भुजित बाँस्कोटाले संगीत भरेको यो गीतले हरेक वर्षका होलीलाई थप पर्वमय बनाउने गर्छ । जसलाई उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठले गाएका छन् ।
होलीले मेरो रंगायो नयाँ चोली . .













(तस्बिरहरू: रासस)
प्रकाशित समय : १७:३८ बजे

















