global ime bank Long Banner Ad

गृहपृष्ठ यू-१९ विश्वकप छनोट : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

यू-१९ विश्वकप छनोट : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

यू-१९ विश्वकप छनोट : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा छन् ।

सन् २०१६ पछि यू–१९ विश्वकप नखेलेको नेपाली युवा टोली यसपटक जसरी छनोट हुने लक्ष्यसहित यूएई पुगेको थियो ।

यसअघि राउण्ड रोविनका चारवटै खेल जित्दै आत्मविश्वासी बनेको नेपाली यू(१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

छनोटमा नेपालले यसअघि सिंगापुरलाई ९६ रनले, कुवेतलाई २४३ रनले, हङकङलाई ९ विकेटले तथा मलेसियालाई १० विकेट हराइसकेको छ ।

लिगको खेल भएपनि यूएईविरुद्धको खेल फाइनल जस्तै हुनेछ । जित्ने टिम यू-१९ विश्वकपमा पुग्नेछ भने हार्ने टिमको विश्वकप खेल्ने सम्भावना सकिनेछ ।

नेपाल यू-१९ टिमले सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा यू–१९ विश्वकप खेलेपछि उमेर समूहको टिमले फेरि विश्वकप खेल्न सकेको छैन । पछिल्लो तीन यू–१९ विश्वकपमा नेपाल छनोट हुनै सकेन ।

सन् २०१८ मा भएको यू१९ विश्वकपमा नेपाल अफगानिस्तान भन्दा पछि पर्दै छनोट हुन सकेन । पछिल्ला दुई संस्करणमा भने नेपालका लागि यूएई नै बाधक बनेको थियो ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु