global ime bank Long Banner Ad

गृहपृष्ठ आठ दलीय गठबन्धनले सांसदहरुलाई अभिमुखीकरण गर्दै

आठ दलीय गठबन्धनले सांसदहरुलाई अभिमुखीकरण गर्दै

आठ दलीय गठबन्धनले सांसदहरुलाई अभिमुखीकरण गर्दै

नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

आठ दलीय गठबन्धन बनाउनुको औचित्य र राष्ट्रपतिमा पौडेललाई अघि सार्नुको कारणबारे शीर्ष नेताहरुले सांसदहरुलाई जानकारी गराउने एक नेताले बताए ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि आठ दलीय गठबन्धनको कार्यदलले यसअघि गरेको थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अब्दुल खान लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु