गृहपृष्ठ बुढासब्बा गोल्डकप फागुन १३ बाट
बुढासब्बा गोल्डकप फागुन १३ बाट
बुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
२०५५ सालदेखि सुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ सालयता हुन सकेको थिएन । आर्थिक अभावको कारण २२औं संस्करणका विजेता तथा उपविजेता को पुरस्कारसमेत केही दिन अगाडि मात्र दिएको क्लबका अध्यक्ष किशोर राईले बताए ।
गोल्डकपको यस संस्करण भने नेपालका ए डिभिजन क्लब मध्येबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा पुलिससँगै आयोजक, दुई विदेशी टिम एभेनियर एफसी क्यामरुन, केबीपीएस बंगलादेश, बागमती युवा क्लब सर्लाही, केएफटीसी झापा, एन्फा मोरङको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख नगद पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । विगतमा भने मोटरसाइकल दिँदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यो पटक भने नगद १ लाख दिइने बताइएको छ ।
विधागत उत्कृष्टलाई जनही २५ हजार पुरस्कार दिइनेछ । म्यान अफ दि म्याचलाई १० हजार पाउने र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने आयाेजनकले जनाएकाे छ ।
प्रकाशित समय : १०:०९ बजे

















