राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
वि.सं.२०८३ साउन २७ बुधवार ११:११
shares

काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनिहरुलाई मनोनयन गरेको हो ।
हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन उनले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गरेका थिए। ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन । उनि पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध थिए।
हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनि पूर्वफुटबल खेलाडी (गोलकिपर)हुन । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुन । उनि विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुग्नुभएको थिए । उनि स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजता पनि हुन ।
बोर्ड सदस्यमा शक्ति गौचन पनि हुन । गौचन पूर्वक्रिकेटर हुन । उनि कुशल प्रशिक्षक पनि हुन । नेपाली क्रिकेटको विकासमा उनको ठूलो योगदान छ ।
बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन । उनि बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित छन । सन् २००६ मा एसियन गेम्सका छनोटमा पर्ेकि उनि नेपालबाट पहिलोपटक अन्तरराष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी भएको थिए । नेपाली महिला खेलाडीमा उनि सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी हुन । पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य छन् ।

























