गृहपृष्ठ पूर्वमन्त्री मथुरा श्रेष्ठको निधन
पूर्वमन्त्री मथुरा श्रेष्ठको निधन
पूर्वस्वास्थ्यमन्त्री प्राडा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ ।
लामो समयदेखि दम र छाती रोगका संक्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको साेमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हाे । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । उनकाे ८८ वर्षकाे उमेरमा निधन भएकाे हाे । उनको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिने परिवारले जनाएकाे छ ।
प्रकाशित समय : ०९:५१ बजे


















