गृहपृष्ठ लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेशमा मन्त्रालयको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर भएको छ ।

गत माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । प्रदेश प्रमुखको कार्यालयअनुसार जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त गरिएको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेशका मुख्यमन्त्री लीला गिरीले गरेको सिफारिशअनुसार प्रदेश प्रमुख अमिक शेरचनले गत माघ २८ गते गठित मौजूदा मन्त्रिपरिषदको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।

शर्मा प्युठान निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका थिए भने अहिर बाँके निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित भएका थिए । प्रदेशमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ । जसमा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिएको थियो भने माओवादी केन्द्रले ३ वटा‚ राप्रपा र जनमत पार्टीले १/१ वटा मन्त्रालय पाएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र उन्मुक्ति पार्टीका ४/४ , जसपा, जनमत र लोसपाका ३/३ तथा २ स्वतन्त्र गरी ५८ सांसदको समर्थन गरेका थिए ।

विज्ञप्ति :

प्रकाशित समय : ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु