गृहपृष्ठ एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास

एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास

एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास

काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलातकृत भएको र जिल्ला अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई ५ लाख धरौटीमा उन्मुक्ति दिएको आरोप लगाएकी छन् ।

शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा नाम उल्लेख गर्न नचाहेकी पीडितले २ महिनादेखि न्यायका लागि माईतिघर मण्डलामा धर्ना बसिरहेको जानकारी दिइन् ।

ती पीडितले बलात्कार जस्तो गम्भीर अपराधमा अनुसन्धानका लागि पुर्पक्षमा राख्नुपर्नेमा पीडक प्रमोद मैनालीलाई ५ लाख धरौटीमा काठमाडौं जिल्ला अदालतले छाडेको भन्दै दुःखेसो व्यक्त गरिन् ।

‘म एक मधेशको चेली, मेरो समाज कस्तो छ, सबैलाई थाहा छ, मलाई कति गाह्रो परिरहेको छ, तर पनि न्यायका लागि लड्दा खोई न्यायालयको न्याय’, उनले प्रश्न गरिन् ।

उनले बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगन्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनालीको जबरजस्तिकरणीको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको पीडा व्यक्त गरिन् ।

त्यसपछि आफू न्यायको लागि उच्च अदालत पाटनमा गएको र सोले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि पीडा सहन नसकी विष खाएर आत्महत्याको प्रयास गरेको पीडिले बताईन् ।

हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यारत मैनालीले काठमाडौं स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यारत हुँदा २०८१ माघमा आफूलाई बलात्कार गरेको बताईन् ।

बलात्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै भनिन्, ‘म स्वयम ठूलो संघर्षबाट सरकारी सेवामा पुगेकोले आफैले घटना दबाउन खोज्दा पीडकबाट थप ‘सेक्सुअल हर्यास्मेन्ट’ र धम्किले कानुनी उपचार खोज्न बाध्य भएँ ।’

जिल्ला र उच्चको निर्णयपछि सर्बोच्च अदालतमा मुद्धा चलिरहेको र ४÷४ पटकसम्म पेशी सरेको कारण माइतिघर मण्डलामा धर्ना बसिरहेको बेला हातको नशा काटी आत्महत्या गर्ने प्रयास गरेको उनले दुःखेसो व्यक्त गरिन् ।

पीडितको न्यायका लागि साथ दिइरहेकी जेनजी अभियन्ता लक्ष्मी देवीले एकजना सरकारी कर्मचारीलाई नै न्याय दिन नसक्ने राज्यले आम नागरिकलाई न्याय दिन सक्छ, भन्दै प्रश्न गरिन् । विभिन्न पटक गरेर ३ पटकसम्म आत्महत्या गर्ने प्रयास गर्दा पनि राज्यले पीडितको आवाज नसुन्नु राज्य सून्य अवस्थामा रहेको देवीको कथन छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्लाकै निर्णय सदर गरिसकेपछि पीडितले विष खाएकी र सर्बोच्च आदालतमा विभिन्न बहाना बनाएर सर्बोच्च अदालतले पेशी सारी राखेको पीडामा माइतिघर मण्डलामै हात काटेर आत्महत्या गर्ने प्रयास गरेको देविले बताईन् ।

कहिले ‘हात काटेर’ त कहिले ‘विष सेवन’ गरेर ती पीडितले आत्महत्या गर्ने प्रयास गर्नुभयो समयमै हामीले बचायौं, अब पनि यस्तै हुँदै गर्दा उनको ज्यान गयो भने को जिम्मेवार हुन्छ, देवीले प्रश्नगरिन् ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु