काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोप–३३ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह

1.51K
shares

सुदूरपश्चिम। स्थानीय मौलिक खानाका परिकारको संरक्षण, प्रवद्र्धनमार्फत सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले कैलालीको धनगढीमा खाना महोत्सव आयोजना गरिने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा धनगढी उपमहानगरपालिका र होटल व्यवसायी सङ्घ कैलालीको संयुक्त आयोजनामा आगामी पुस १०, ११ र १२ मा तीनदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

उपमहानगर प्रमुख गोपाल हमालले महोत्सवमार्फत सुदूरपश्चिमका मौलिक खानपान तथा परम्परागत परिकारको संरक्षण र प्रचारप्रसार, स्थानीय परिकारलाई नयाँ पुस्तामाझ परिचित गराउने लक्ष्य राखिएको बताए ।

उनले रैथाने खानाको महत्व र विशेषतालाई राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको उल्लेख गरे । उनले महोत्सवमार्फत स्थानीय मौलिक खानपानको प्रचारसँगै रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने आफूहरु विश्वस्त रहेको बताए ।

होटल व्यवसायी सङ्घका अध्यक्ष केशवदत्त पाण्डेयले महोत्सवले सुदूरपश्चिममा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई स्थानीय खानपान र विशिष्ट आतिथ्य सत्कारसँग जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

स्थानीय किसान, व्यवसायी तथा उत्पादकको सहभागिता सुनिश्चित गरी स्थानीय कृषि उपज, खाद्यसामग्री र उत्पादनलाई बजारसँग जोड्न महोत्सव उपयोगी हुने उनले बताए ।

महोत्सवको संयोजन गरिरहेको सिद्धार्थ ग्रुप (सिद्धार्थ हस्पिटालिटी) कार्यकारी अधिकृत कृष्ण न्यौपानेले महोत्सवमा सामान्य होटल तथा रेस्टुरेन्टदेखि पाँचतारे होटलसम्मका विभिन्न स्वाद, गुणस्तर र शैलीका खानाका परिकार एउटै स्थानमा उपलब्ध गराइने बताए ।

उनले सबै वर्ग, उमेर समूह तथा आर्थिक अवस्थाका उपभोक्ताको पहुँच सुनिश्चित गर्न परिकार सहुलियत दरमा उपलब्ध गराइने बताए ।

महोत्सवको समन्वय, अनुगमन तथा आवश्यक सहजीकरणको जिम्मेवारी उपमहानगरपालिकाले लिने र महोत्सवस्थलको भौतिक संरचना निर्माण, स्टल व्यवस्थापन, टेन्ट, टेबल तथा कुर्सीको व्यवस्था, विद्युत्, खानेपानी, सरसफाइ, सजावट र प्रचारप्रसारलगायतका व्यवस्थापकीय काम होटल व्यवसायी सङ्घ कैलालीले गर्ने छ । महोत्सव धनगढीको जेनजीमार्गमा आयोजना हुनेछ ।