गृहपृष्ठ राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौदी निर्वाचित
राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौदी निर्वाचित
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित भएका छन् ।
बुधबार दाङको घोराहीमा भएको निर्वाचनमा कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै एमालेका दसौदी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित एमालेका दसौदीले ४ हजार २६ मतभार पाएका छन् । यसैगरी कांग्रेसका आचार्यले ३ हजार ७ सय २० र नाउपाका रायले १९२ मतभार पाए । एमालेका दसौदीलाई माओवादी केन्द्र, जनमत पार्टी लगायतको साथ थियो भने कांग्रेसका आचार्यलाई एकीकृत समाजवादीले साथ दिएको थियो ।
प्रतिनिधिसभा निर्वाचनअघि एमालेका खिमलाल भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए । उक्त रिक्त स्थानमा बुधबार राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन भएको हो ।
प्रकाशित समय : १८:०५ बजे



















