झिनो अंकले बढ्यो नेप्से
वि.सं.२०७९ माघ २२ आइतवार १५:३२
shares

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १.५४ अंक बढेर २०९६.०८ विन्दुमा रोकिएको हो ।
२५८ धितोपत्रको ५२ लाख ६ हजार ३७० कित्ता खरिदबिक्री भएको छ । आज एक अर्ब ९३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यस दिन इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको छ । आज यस कम्पनीको सेयर मूल्य ४५१ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक कमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर दुई हजार १२१ रुपैयाँ ७० रुपैयाँ कायम भएको छ ।
सर्वाधिक मूल्यको सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सर्वाधिक सेयर खरिदबिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेको छ । उक्त कम्पनीको ५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । आज फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।
























