सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुँदै
वि.सं.२०७९ माघ १६ सोमवार ११:३९
shares

सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुने भएको छ । यसका लागि सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गर्दैछन् । सामसङले केही समयको अन्तरालपछि यी फ्लागशिप समार्टफोनहरु फेरी नेपालमा ल्याएकाे हाे।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ’सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा ठूलो सन्तुष्टि मिलेको बताए । एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनहरूमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुतिहरू रहेको स्थापितले जानकारी दिए । हामीले नेपाली बजारमा नयाँ इनोभेसनका यी अमेजिङ फोनहरु ल्याउन पाउँदा खुसी छौं, उनले भने ।
अमेजिङ प्रफर्मेन्स र दिर्घकालिन स्थायित्वको लागि यो फोन एक पूर्ण प्याकेज हो, स्थापितले दावी गरे । त्यसैले स्मार्टफोनको संसारमा नयाँ इनोभेसन र प्रविधिका केही उत्कृष्ट कार्यहरूको एक सेट आफ्नो लागि लिन उनले आग्रह गरेका छन् ।
ग्यालेक्सी एस २२ सिरिज, ग्यालेक्सी ए ७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए । तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरी नेपाली बजारमा फर्किएका छन् ।

























