गृहपृष्ठ प्रधानमन्त्री दाहाल र मेयर बालेनबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र मेयर बालेनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकास निर्माणलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारवाहीको बारेमा चासो राखेका थिए । महानगर प्रमुख शाहले महानगरको काम कारवाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी दिएका थिए।
प्रकाशित समय : ११:१६ बजे


















