global ime bank Long Banner Ad

गृहपृष्ठ युनाइटेड टेलिकमले प्राधिकरणलाई ५ अर्ब ३० करोड बढी रकम तिर्न बाँकी

युनाइटेड टेलिकमले प्राधिकरणलाई ५ अर्ब ३० करोड बढी रकम तिर्न बाँकी

युनाइटेड टेलिकमले प्राधिकरणलाई ५ अर्ब ३० करोड बढी रकम तिर्न बाँकी

नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकम लिमिटेडको नाममा प्राधिकरणले सूचना जारी गरेका छ । युनाइटेड टेलिकमले प्राधिकरणलाई ५ अर्ब ३० करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।

२०७३ साल भदौ २० गते युनाइटेड टेलिकमलाई जारी गरिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्रपश्चात् त्यस लि. बाट नेपाल सरकार तथा यस प्राधिकरणलाई तिर्नु / बुझाउनु पर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम २०७९ पुस मसान्तसम्म ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ दशमलव ८८ रुपैयाँ कायम हुन आएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

लामो समय दाखिला नभएकोले हालसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता यही मिति २०७९ माघ मसान्तसम्म बुझाई सोको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्रकाशित सूचनामा भनिएको छ। उल्लेखित समय भित्र उपरोक्त बक्यौता रकम दाखिला नगरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु