गृहपृष्ठ कर्णालीमा एमाले–माओवादी सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो
कर्णालीमा एमाले–माओवादी सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो
कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ ।
नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो ।
मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडी बढाउने सहमति भएको बताएका छन् ।
प्रकाशित समय : ०७:१५ बजे



















