सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट
वि.सं.२०७९ पुस २३ शनिवार १८:५८
shares

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ ।
त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलका बीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले यस बैंकको क्रेडिट, डेबिट कार्ड वा मोवाइल बैंकिङमार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् । बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अोपीडी सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ ।
सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ । उक्त सम्झौतापश्चात फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेहसम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराएका थिए ।

























