global ime bank Long Banner Ad

गृहपृष्ठ सूर्यज्योति लाइफलाई आइएसओ गुणस्तर चिन्ह

सूर्यज्योति लाइफलाई आइएसओ गुणस्तर चिन्ह

सूर्यज्योति लाइफलाई आइएसओ गुणस्तर चिन्ह

युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आइएसओ ९००१ः२०१५ मान्यता प्रदान गरेको छ ।

कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणबाट सूर्यज्योति लाइफलाई उक्त मान्यता प्रदान गरेको हो । उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राही माझ पुर्‍याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो ।

सूर्यज्योति लाइफले जनवरी ४ मा आधिकारिक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो । गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु