global ime bank Long Banner Ad

गृहपृष्ठ ३ सय रूपैयाँ बढ्यो सुनको मूल्य

३ सय रूपैयाँ बढ्यो सुनको मूल्य

३ सय रूपैयाँ बढ्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएकाे छ ।

गत शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि ५ रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु