काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै

4.54K
shares

हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्ला खेलाडीबीच फुटसल प्रतियोगिता गर्न लागिएको हो ।

त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए । उनका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टीमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन् भने उपविजेताले ५० हजार पाउने छन् । कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।