गृहपृष्ठ एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ दिँदै
एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ दिँदै
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसीटी अवार्ड प्रदान गर्ने भएको छ ।
शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसीटी अवार्ड प्रदान गर्दै आएको छ । ग तवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन् ।
महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीइआई) नीतिअनुरुप एनसेलले आइसीटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ ।
आगामी पुस ८ गते हुने अवार्डको ग्राण्ड फिनालेमा वुमन आइकनसहित १२ बढी विधामा आइसीटी अवार्ड वितरण गरिँदैछ ।
प्रकाशित समय : १५:१० बजे



















