गृहपृष्ठ ‘द ब्रिटिस कलेज’मा नयाँ आइटी प्रोग्राम
‘द ब्रिटिस कलेज’मा नयाँ आइटी प्रोग्राम
बेलायतको किल विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएससी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम सार्वजनिक गर्ने भएको छ ।
यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’द्वारा सञ्चालन गराइने कलेजले बताएको छ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ ।
किल विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरूका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरूलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर र सफ्टवेयर इन्जिनियरिङ)लाई समेट्ने कलेजले जनाएको छ ।
किल विश्वविद्यालयले युकेमा अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरूसँग पार्टनरसिप रहेको छ ।
स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो । यस संस्थामा अध्ययनरत विद्यार्थीहरूले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्ने कलेजले जनाएको छ ।
ब्रिटिस कलेजका सीईओ राजन कँडेलले भने, ‘उक्त विश्वविद्यालयसँग पार्टनरशिप गर्न पाउँदा हामी उत्साहित छौं । नयाँ शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौं । यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ ।’
यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको सुविधासमेत रहेको कलेजको भनाइ छ । यो कोर्समा भर्ना हुने पहिलो ३० जना विद्यार्थीलाई ट्युसन फिमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । यो अफर आगामी जनवरी महिनासम्म मात्र हुने कलेजले जनाएको छ ।
प्रकाशित समय : १४:२९ बजे



















