nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा १०.४७ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकद्वारा १०.४७ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकद्वारा १०.४७ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांशमध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु