global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवं बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवं प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् ।

काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आइएमई पेका अध्यक्ष एवं ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु