काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घट्यो नेप्से, कारोबार रकम ७७ करोडमा सीमित

7.98K
shares

मंगलबार सेयरबजार परिसूचक नेप्से २.५७ अंकले घटेर १८९९.७० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१३ प्रतिशतले कम हो ।

आज अघिल्लो दिनको तुलनामा ५८ करोड ९० लाख रुपैयाँले कम रकमकाे काराेबार भएकाे छ ।  सोमबारको बजारमा एक अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज कारोबार रकम घटेर ७७ करोड ७० लाख सीमित भएको हाे । आज २४८ कम्पनीका कूल २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आज जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको घटेको छ ।

नबिल बैंकको सर्वाधिक ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सर्वाधिक कारोबार गर्नेको दोश्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । मंगलबार कम्पनीको ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६०.२० रुपैयाँ पुगेको छ । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको पनि सेयर मूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता २३७ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा तेह्रथुम पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । यो कम्पनीको सेयर मूल्य ३.२९ प्रतिशतले घटेर प्रतिकित्ता ३२० रुपैयाँमा झरेको छ ।