nmb bank

गृहपृष्ठ ‘रियलमी नार्जो ५० आई प्राइम’ नेपालमा उपलब्ध, मूल्य कति ?

‘रियलमी नार्जो ५० आई प्राइम’ नेपालमा उपलब्ध, मूल्य कति ?

‘रियलमी नार्जो ५० आई प्राइम’ नेपालमा उपलब्ध, मूल्य कति ?

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ- रियलमी नार्जो ५० आइ प्राइम ।

यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ । लन्चको बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमी नार्जो ५० आइ प्राइमलाई लन्च गर्न पाउँदा उत्साहित रहेको बताए ।

‘नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइ प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुल युनिसक टी६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्छ,’ उनले भने, ‘एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ ।’

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मूल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दाबी गरेको छ ।

८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ । यसमा अन्तुतु बेन्चमार्क २०९८३२ को पावरफुल युनिसक टी६१२ प्रोसेसर रहेको छ ।

त्यस्तै यसमा भएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपीको एआइ क्यामरा राखिएको छ ।

त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्छ । ३ जीबी ¥याम र ३२ जिबि रोम भएको सेटको मूल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ भने ४ जीबी र्‍याम र ६४ जीबी रोम भएको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ छ । यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन् ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु