global ime bank Long Banner Ad

गृहपृष्ठ ‘भ्रष्ट नेता भएको हुनाले मत दिन सकिनँ’

‘भ्रष्ट नेता भएको हुनाले मत दिन सकिनँ’

‘भ्रष्ट नेता भएको हुनाले मत दिन सकिनँ’

महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ । पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन् ।

त्यस क्षेत्रमा उम्मेदवारी दिने सबै नेता भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन् । सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जन्ता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको उल्लेख गरेका छन् ।

अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि उक्त मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखिएको थियो । सञ्चारकर्मीलाई निर्वाचन आयोगले फोटो खिच्न भने दिएन ।

यस्तो थियो पत्रकाे व्यहाेरा :

यस क्षेत्रमा उम्मेदवारी दिएका सबै नेताहरू चोर छन् । जनता मत खसाल्न बाध्य छन् । म त्यसैले अर्को चुनावदेखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनुपर्‍यो । भनेर म आम नागरिकवाट यश पत्रद्वारा निर्वाचन आयोगलाई विनम्र अनुरोध गर्दछौं ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु