काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वरुण हाइड्रोपावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन

14.26K
shares

वरुण हाइड्रोपावरको तीन लाख ५५ हजार ६० कित्ता सेयर लिलामी भर्ने साेमबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले १४ कात्तिकबाट सर्वसाधारण समूहको सेयर लिलामीमा खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । वरुण हाइड्रो पावरले ६ भदौदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ ।