global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्स्टेन्सन काउन्टर विस्तार

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्स्टेन्सन काउन्टर विस्तार

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्स्टेन्सन काउन्टर विस्तार

मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ ।

त्रियुगा नगरपालिका-१०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट बैंकले एक्स्टेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको छ ।

एक्स्टेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्स्टेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन् ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु