गृहपृष्ठ सेन्साईको ‘३ को झट्का’ योजनाको पहिलो विजेता घाेषणा
सेन्साईको ‘३ को झट्का’ योजनाको पहिलो विजेता घाेषणा
जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दसैंतिहार लक्षित ‘सेन्साई ३ को झट्का’ योजना अन्तर्गतको पहिलो लक्की ड्रको विजेता वीरगंज निवासी अकलेश कुमार पटेल भएका छन् । पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेजमार्फत लाइभ घोषणा गरिएको हो ।
विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले वीरगंजको आरके इलेक्ट्रोनिक्समार्फत सेन्साईको चेस्ट-फ्रिज़र खरिद गरेका थिए । सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाइक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ ।
योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । यो योजनाको लक्की ड्र मा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अंग्रेजीमा सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नु पर्नेछ । यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।
सेन्साईले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुरकाे राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
प्रकाशित समय : १६:३५ बजे



















