गृहपृष्ठ किन अचानक घटे मार्क जुकरबर्गका फलोअर्स ?
किन अचानक घटे मार्क जुकरबर्गका फलोअर्स ?
मेटाका सीईओ मार्क जुकरबर्ग पनि बगहरूको शिकार भएका छन् । झण्डै २० करोड फलोअर्स भएका मार्क जुकरबर्गका फलोअर्स यतिबेला घटेर ९ हजार ९ सय ९५ मात्र बाँकी छन् ।
यी फलोअरहरूको संख्या उनको आइडीमा देख्न सकिन्छ । धेरै अन्य मेटा प्रयोगकर्ताहरूले पनि अचानक फलोअर गुमाएको गुनासो गरेका छन् । यो नक्कली फलोअर्स हटाउनुको परिणाम हो भन्ने धेरैको अनुमान छ ।
तर त्यस्तो हुँदा मार्क जुकरबर्गका सबै फलोअरहरू पनि नक्कली थिए भनेर भनेर प्रश्न उठ्छ, जुन कुरा सम्भव हुँदैन ।
तर, मेटाको पेजमा यस्तो प्रकारको समस्या भने देखिएको छैन । यस विषयमा मेटाले कुनै जानकारी गराएको छैन । मेटाले कुनै नयाँ कुरा परीक्षण गरिरहेको हुनसक्ने कुरा पनि धेरैले उल्लेख गरेका छन्, जसकारण समस्या हुँदैछ ।
मेटा क्वेस्ट प्रो कम्पनीको नयाँ उत्पादन हो। यसलाई धेरै प्राविधिक परिवर्तनसंग प्रस्तुत गरिएको छ।
प्रकाशित समय : १३:१६ बजे


















