गृहपृष्ठ आइएमई अटोमोटिभ्सले एकै वर्ष गर्याे साढे ६२ करोडको व्यापार
आइएमई अटोमोटिभ्सले एकै वर्ष गर्याे साढे ६२ करोडको व्यापार
आइएमई समूहको आइएमई अटोमोटिभ्स प्रालिले एकै वर्षमा साढे ६२ कराेडको व्यापार गरेको छ । इस्कोर्ट्स ब्राण्डको निर्माणसम्बन्धी उपकरणको नेपालका लागि आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स कम्पनीले सन् २०२२ मा ६२ करोड ६० लाख रुपैयाँकाे व्यापार गरेको हो ।
कम्पनीले सन् २०२१ मा ५३ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ३४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०१९ मा ७४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ । कम्पनीअनुसार कोरोना महामारीका कारण खस्किएको व्यापार कोरोनापछि पुनः लयमा फर्किँदै गएको छ ।
कम्पनीले निर्माणसम्बन्धी उपकरण बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०१४ बाट इस्कोर्ट्स ब्राण्डको निर्माणसम्बन्धी उपकरण बिक्री वितरण गर्दै आएको छ । यससँगै कम्पनी हार्ले डेभिडसन, यूएम ब्रान्डको दुईपांग्रे सवारी साधन र एसएएमई ट्रयाक्टर बिक्री वितरणमा पनि संलग्न रहेको छ ।
यसमा उशा इन्भेष्टमेन्ट प्रालिको सबैभन्दा बढी अर्थात् ४३.३ प्रतिशत हिस्सा रहेको छ । दोस्रोमा आइएमएई समूहको ३२.५ प्रतिशत, चन्द्र ढकालको १५.८ प्रतिशत र बाँकी सेयर सन्दिप अग्रवालको रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७६ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
प्रकाशित समय : १३:११ बजे



















