काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२४ घण्टामा ७४ संक्रमित थपिए, ११६ जना कोरोनामुक्त

8.72K
shares

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार १२६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ७४ जनाको नतिजा पोजिटिभ आएको हो ।

एक हजार २३४ नमुनाको पीसीआर परीक्षण गर्दा २९ र दुई हजार ८९२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एकजनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८६ हजार २३५ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार २८३ रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।