गृहपृष्ठ एनआइसी एशिया बैंकद्वारा घातक रोग बिमावापत २० लाख भुक्तानी
एनआइसी एशिया बैंकद्वारा घातक रोग बिमावापत २० लाख भुक्तानी
एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बिमावापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख बिमा रकम भुक्तानी गरेको छ ।
यस बैंकको नेपालगञ्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बैंकले सो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ७ सय ३३ जनाभन्दा बढी ग्राहकले घातक रोग बिमावापत २ करोड ६० लाख, दुर्घटना बिमावापत ७० लाख र मेडिकल बिमावापत ३ करोड ३१ लाख गरी कुल ६ करोड ६१ लाखभन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।
प्रकाशित समय : १७:४९ बजे
















