गृहपृष्ठ आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौँको उपहार पाइने
आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौँको उपहार पाइने
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दसैँ तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ ।
नेपालको सर्वश्रेष्ठ अनलाइन शपिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पेमार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबीपीएसको १ वर्षे फाइवरनेटका अतिरिक्त आइ टीभीको प्याकेज पाउने छन् ।
यस्तै, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ-स्कुटर पनि उपहार स्वरुप प्रदान गर्नेछ ।
आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाको लागि सहजै अनलाइन भुक्तानी गर्न सकिनेछ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकमाझ अझ बढावा दिन यस महा-अफरमार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहार प्रदान गरिनेछ ।
अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिंक गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टीभी (५५ इन्च, प्रति) पाउनेछन् ।
यस्तै, आइएमई पेमार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै, आइएमई पेको प्रयोगकर्ताले आइएमई पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप पनि पाउनेछन् ।
दैनिक उपहारको विजेताको घोषणा हरेक हप्तामा एक पटक सामाजिक सञ्जालमार्फत हुनेछ भने अरु सबै उपहारको विजेताको घोषणा अफर अवधिपश्चात सामाजिक सञ्जालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यममार्फत हुने कम्पनीले जनाएको छ । सम्पूर्ण विजेताले अफर अवधिको अन्त्यमा मात्रै उपहार प्राप्त गर्नेछन् ।
प्रकाशित समय : १७:२५ बजे


















