गृहपृष्ठ थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमुना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पीसीआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा एक सय ३७ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको संख्या नौ लाख ८४ हजार नौ सय ७७ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार एक सय २९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको छ । हाल होम आइसोलेसनमा दुई हजार ६२, संस्थागत आइसोलेसनमा ६७ र आइसियुमा १८ संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ३१, ललितपुरमा तीन सय ५७ र भक्तपुरमा ३१ सक्रिय संक्रमित छन् । कुल संक्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु