गृहपृष्ठ टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर
टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ विशेष योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भदौ २० गतेदेखि देशभर सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘कायापलट’ योजनाअन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई www.tvsnepal.com/dashain प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगदफिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रूपैयाँको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ ।
यो योजनामा फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सय रूपैयाँको मासिक इएमआईमा बाइक तथा स्कुटर किन्न सकिने छ ।
विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ‘ड्र’मार्फत् गरिने जगदम्बा मोटर्स जनाएको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो ।
प्रकाशित समय : १९:२८ बजे

















