गृहपृष्ठ कुमारी क्यापिटलले पारित गर्यो २ करोड रुपैयाँ बराबरको लाभांश
कुमारी क्यापिटलले पारित गर्यो २ करोड रुपैयाँ बराबरको लाभांश
कुमारी क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । साेमबार सम्पन्न क्यापिटलको वार्षिक साधारण सभाले प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
यससँगै, लगानीकर्ताले ४० करोड चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ बराबरको नगद लाभांश (करसहित) पाउने छन् । क्यापिटलको चौथो वार्षिक साधारणसभा टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो । उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचीहरु पारित भयो ।
सभामा कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहुच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दिलाएको छ ।
प्रकाशित समय : १९:३५ बजे

















