गृहपृष्ठ ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीका लागि आवेदन आह्वान गरेको छ। बैंकले एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थालाई आवेदन दिन आग्रह गरेको हो।
बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने सार्वजनिक गरेको छैन। इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन बुझाउनुपर्नेछ।
बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। खरिद गरिने सेयर संस्थापक समूहअन्तर्गत नै रहनेछ।
सेयर बिक्रीसम्बन्धी थप जानकारी बैंकको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित समय : ०६:१० बजे


















