global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीले सेनाको ब्यारेकमा क्षति

बाढीले सेनाको ब्यारेकमा क्षति

बाढीले सेनाको ब्यारेकमा क्षति

गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ ।

केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ«े गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो ।

प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङले जानकारी दिए ।

बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ । मङ्गलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण सङ्कलन गरेको थियो । भौगोलिक रूपमा टाढा र विकट रहेकाले घटनाबारे ढिला गरी खबर प्राप्त भएको हवल्दार गुरुङले बताए ।

 

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु