गृहपृष्ठ सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता
सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता
सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सामसङले नेपाली युवाहरूलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ ।
यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्ने कम्पनीले बताएको छ । उक्त तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने बताइएको छ ।
सामसङ इनोभेसन क्याम्पस योजनाअन्तर्गत यसलाई हेरिएको छ । जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ । साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्ने जनाइएको छ ।
सामसङका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सीइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीबीच समझदारी पत्र आदानप्रदान भएकाे थियाे ।
प्रकाशित समय : १६:२५ बजे



















