nmb bank

गृहपृष्ठ ‘आइसीटी अवार्ड २०२२’ : नोमिनेशन बुझाउने समय तोकियो

‘आइसीटी अवार्ड २०२२’ : नोमिनेशन बुझाउने समय तोकियो

‘आइसीटी अवार्ड २०२२’ : नोमिनेशन बुझाउने समय तोकियो

आइसीटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउन समय बुधबारसम्म तोकिएको छ । लिभिङ विथ आइसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसीटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड‘ पनि आयोजना हुनेछ ।

यसैगरी नेपालको लागि स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इनोभेसन सम्बन्धित विधाहरु रहेको छ । प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसीटी अवार्ड, आन्टरप्रेनर आइसीटी अवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्ड र वुमन आइकन आइसीटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसीटी अवार्ड र डिजिटल सर्भिसेस आइसीटी अवार्ड रहेका छन् । अवार्डमा नोमिनेशन गर्न आइसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु