nmb bank

गृहपृष्ठ मेयर बालेनविरूद्ध अपहेलना मुद्दा दर्ता

मेयर बालेनविरूद्ध अपहेलना मुद्दा दर्ता

मेयर बालेनविरूद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरूद्ध अदालतको अपहेलना गरेकाे विषयमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीले मेयर बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार मेयर बालेनविरूद्धकाे साे मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ । मेयर बालेनले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । उनकाे साे अभिव्यक्तिले अदालतको अवहेलना गरेको जोशीको तर्क छ ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको ‘अवैध’ संरचना हटाउन खोजेको थियो । नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो । उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु