गृहपृष्ठ योगेश भट्टराईले भने– एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ
योगेश भट्टराईले भने– एमाले सरकारमा आएर नागरिकता विधेयक सच्याउँछ
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारले संसद्बाट बलपूर्वक पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाए ।
उनले भने, ‘दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन, त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानुन सुधार गर्छ ।’
वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने बताए ।
प्रकाशित समय : १५:५३ बजे




















