global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नागरिक लगानी कोषको साधारणसभा भदौ ६ गते हुने

नागरिक लगानी कोषको साधारणसभा भदौ ६ गते हुने

नागरिक लगानी कोषको साधारणसभा भदौ ६ गते हुने

नागरिक लगानी कोष (सीआइटी)ले वार्षिक साधारणसभा भदौ ६ गते गर्ने भएको छ । सीआइटीले अघिल्लो आर्थिक वर्ष २०७७/७८० को सभा भदौ ६ गते गर्ने भएको हो ।

सभामामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सञ्चालक समितिको असार ११ गते बसेको बैठकले उक्त बोनस तथा नगद लाभांश सभामा पेश गर्ने निर्णय गरेको थियो । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

यस्तै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि (सीआइटी)ले साउन २५ गते बुक क्लोज गरिसकेको छ । त्यसैले, साउन २४ गतेसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु