गृहपृष्ठ झिनो अंकले घट्यो नेप्से
झिनो अंकले घट्यो नेप्से
साताको पहिलो दिन सेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ३९८.५८ को बिन्दुमा पुगेको छ ।
आज सेयर बजारमा २ अर्बमाथिको कारोबार हुन पुगेको छ । २१८ कम्पनीका ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ४ करोड ७० लाख रुपैयाँ बराबरको काराेबार भएको छ । बजार घटेको दिन आज बैंक, होटल र टुरिज्म, निर्जीवन बिमा कम्पनी र उत्पादनमुलक समूहमा सुधार आएको छ । यीमध्ये होटल समूह २९ अंकले बढेको छ भने उत्पादनमुलक समूह २२ अंकले बढेको छ ।
यस्तै व्यापार समूह ४१ अंक घटेको छ । जीवन बिमा समूह ३७ अंक, विकास बैंक समूह ३५ अंक र जलविद्युत समूह २८ अंकले घटेको छ । यस्तै, अन्य समूह २५ अंक घटेको छ । यसैगरी, आज वित्त, लघुवित्त, लगानी र म्युचुअल फन्ड समूहसमेत घटेका छन् ।
आज सर्वाधिक रिडी हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यसपछि अपि पावरको १० करोड, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ५१ लाख, एनटीसीको ६ करोड ५४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित समय : १५:३१ बजे




















