काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई दियो क्यूआर कोड

11.55K
shares

माछापुच्छ्रे बैंकले ‘नेपाल नाई संघ’ लाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकारी माधव सुवेदीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

यस सेवाले देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैंकले संघलाई क्यूआर हस्तान्तरण गरेको हो ।

क्यूआर हस्तान्तरणपछि ग्राहकले ‘नेपाल नाई संघ’मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।