गृहपृष्ठ माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई दियो क्यूआर कोड
माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई दियो क्यूआर कोड
माछापुच्छ्रे बैंकले ‘नेपाल नाई संघ’ लाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकारी माधव सुवेदीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
यस सेवाले देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैंकले संघलाई क्यूआर हस्तान्तरण गरेको हो ।
क्यूआर हस्तान्तरणपछि ग्राहकले ‘नेपाल नाई संघ’मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित समय : १८:५९ बजे



















